काठमाडौं। एनआईसी एशिया बैंकले साउदी अरेबियामा सम्पन्न ‘वाफ वुमेन्स च्याम्पियनशीप २०२४’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेकोे राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।
सोमवार ललितपुरस्थित होटल हिमालयनमा आयोजित कार्यक्रमका बीच बैंकले अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रको गरिमा उच्च राख्न योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।
बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही रू. २५ हजार र सम्मानपत्रसहित सम्मान गरिएकोे हो । सो अवसरमा बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटर घोषणा समेत गरेको छ ।