काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडका ग्राहकले वल्डर्स नेपाल काठमाडौंद्वारा सञ्चालित स्काइ वाक टावरमा छूट पाउने भएका छन् । दुवै संस्थाबीच छूटसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौताअन्र्तगत रिलायन्स फाइनान्सका ग्राहक, शेयरधनी तथा कर्मचारी र कर्मचारीका परिवारले स्काइ वाक टावरको टिकटमा १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् ।
संस्थाले विभिन्न २१ शाखामार्फत निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एससीटी नेटवक एटीएम, विभिन्न रेमिट्यान्स सेवा, सी आस्बा, आईपीएस, कनेक्ट आईपीएस, एबीबीएस, ईसीसी, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।