काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले कर्णाली वाटर पावरमा भएको लगानी घटाउने भएको छ ।
असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर्णाली वाटर प्रालिमा रहेको ७ करोड ७० लाख रुपैयाँमध्ये ४ करोड २३ लाखको लगानी करसमेत हुन आउने ९ करोड १४ लाख २५ हजार ५१३ रुपैयाँमा विक्री गर्ने निर्णय गरेको हो ।
रु रु जलविद्युत कम्पनी ७ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।