काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनि नेपाल भ्रमणमा आएका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो ।
शेखको नेपाल भ्रमणलाई व्यवस्थित बनाउने भन्दै काठमाडौं सुरक्षा व्यावस्थामा गरिएको परिवर्तनका कारण नियमित सञ्चालनमा आएका सवारी साधन तथा सर्वसाधरण भने समस्यामा परेका छन् । नियमित व्यवस्थान अन्तर्गत सञ्चालन हुँदा समेत लामो जाम र ट्राफिकमा बस्नुपर्ने उपत्यकामा शेखको यात्रा हुने क्षेत्रमा ट्राफिक भद्रगोल भएको छ भने जनजीवन अस्तव्यस्त बनेको छ ।
कतारका अमिरले अहिले राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवा गरिरहेका छन् । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । सोल्टि होटलमा हुने राजकीय भोजको लागि नेपालका उच्चपदस्थ, कुटनितिक नियोग लगायतको सहभागि हुने कार्यक्रम छ । जसका कारण रत्नपार्क महाराजगञ्ज क्षेत्र तथा रत्नपार्क त्रिपुरेश्वर सोल्टिमोड क्षेत्रको ट्राफिकसंग जनजीवन अस्तव्यस्त बनेको छ ।
बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनि आज अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपगेका हुन। सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।
तस्वीर सबै: सुनिल शर्मा/आर्थिक अभियान