काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले फागुन महीनाको तुलनामा चैत महीनामा सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।
यस फण्डले फागुन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू.२० करोड ८४ लाख लगानी गरेकोमा चैत मसान्तमा बढाएर रू. २१ करोड २० लाख पुर्याएको हो ।
त्यस्तै फण्डको न्याभ भने फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २४ पैसा रहेकोमा चैत मसान्तमा १० रुपैयाँमा झरेको हो । फण्ड चैत मसान्तसम्ममा रू. २३ लाख ७२ हजार नोक्सानीमा रहेको छ ।
फागुन महीनामा भने फण्ड रू. ४६ लाख ७६ हजार नाफा थियो । चैत महीनामा फण्डको खर्चमा वृद्धि र आम्दानी घटेका कारण नोक्सानीमा गएको हो । फण्डले फागुन मसान्तसम्ममा फण्डको कुल आम्दानी रू.८२ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. १६ लाख ३ हजारमा सिमित भएको छ । त्यस्तै फण्डको जम्मा खर्च रू. ३५ लाख २३ हजार रहेकोमा चैत मसान्तमा बढेर रू. ३९ लाख ७५ हजार पुगेको छ ।