काठमाडौं । शुभम पावर लिमिटेडले जेठ २० गते दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । संस्थापकतर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट एक जना गरी चार सञ्चालक निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
मर्जर तथा प्राप्तिको विषय पनि सभाका लागि तय भएको छ । कम्पनीको ठेगाना परिवर्तन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत सभाले पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा प्राप्तिका लागि आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि असार ६ गते एक दिन बुक क्लोज गर्न लागिएको छ । बुक क्लोकजो आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।