काठमाडौं । आज (शुक्रवार) नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोला ८०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर प्रतिोला २ हजार १५० रुपैयाँ कायम भएको छ ।
बिहीवार चाँदीको मूल्य २ हजार २०० रुपैयाँ कायम रहेको थियो । बिहीवार पनि सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको थियो । शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६६ हजार ९२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४३ रुपैयाँ ५० पैसा कायम भएको जानकारी महासंघले दिएको छ ।