काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डको नोक्सानी फागुनको तुलनामा चैतमा बढेको छ । फागुन मसान्तसम्म २ करोड ७६ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको योजना चैत मसान्तसम्म ७ करोड ९० लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
चैतमा योजनाको जम्मा आम्दानी ५ करोड ९२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । खर्च रकम पनि चैतमा बढेको छ । फागुन मसान्तसम्म १ करोड ७७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको योजनाले चैतमा १ करोड ९७ लाख रूपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य चैत मसान्तसम्म ९ रूपैइाा ५१ पैसा रहेको छ । यो मूल्य फागुन मसान्तसम्म ९ रूपैयाँ ८५ पैसा रहेको थियो । फागुनको तुलनामा चैतमा योजनाको प्रति इकाई खुद मूल्य घटेको हो ।
योजनाले धितोपत्रमा र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको बजारमूल्य १ अर्ब २९ करोड ३१ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले चैत मसान्तसम्म धितोपत्र र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र कमिसन सहित १ अर्ब ५४ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाको धितोपत्र र बैंक मुद्दति निक्षेपमा गरेको लगानीको बजारमूल्य परलमूल्यभन्दा बढी भएको छ । बैंक मुद्दति निक्षेपमा योजनाले ४ करोड रूपैयाँ लगानी गरेको छ ।