काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा र न्याभ फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ ।
फण्डको न्याभ फागुन मसान्तमा १० रुपैयाँ ५९ फैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ ३३ पैसा कायम भएको हो । त्यस्तै फण्डले फागुन मसान्तमा रू. २ करोड २६ लाख नाफा कमाएकोमा चैत मसान्तमा घटेर रू. १३ लाख २८ हजारमा सिमित भएको छ ।
चैत महीनामा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । फागुन मसान्तसम्ममा फण्डको आम्दानी रू. ३ करोड २७ लाख रहेकोमा चैत मसान्तमा घटेर रू. १ करोड २५ लाखमा सिमित भएको छ ।
त्यस्तै फण्डले सूचीकृत धितोपत्रमा लगानी केही घटाएको छ । यो लगानी फागुन मसान्तसम्ममा रू. ६१ करोड ३० लाख रहेकोमा चैत मसान्तमारू. ६० करोड ७८ लाख रहेको छ ।