काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्ट’लाई सहयोग गरेको छ ।
ट्रस्टले अशक्त तथा पीडित व्यक्तिलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवा प्रदान गरिरहेको छ ।
यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारीशक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुको लागि विश्राम तथा आवासको व्यवस्थासहित सुविधा सम्पन्न धर्मशाला सञ्चालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवा भावमा समर्पित ट्रस्टलाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महसुस भएको बताए ।