काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको अवसरमा विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले बिहीवार सुदूरपश्चिम प्रदेशको कैलाली धनगढी–३ को कार्यालय परिसरमा वृक्षरोपण गरेको हो ।
बृहत वृक्षारोपण कार्यक्रममा करीब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठ मन्दिरमा सहयोग समेत गरेको बताइएको छ ।