काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी कैलालीस्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारबाट रहेको र सहयोगबाट उनीहरूको पठनपाठनमा सहज होस् भन्ने हेतुले पोशाक प्रदान गरेको बताइएको छ ।
विद्यालयमा सोमवार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले विद्यार्थी देशको भविष्यका कर्णधार भएका र उनीलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफूलाई खुशी महसूस भएको बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।