काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ४४ करोड ४५ लाख कमाएकोमा चालू आवमा बढेर रू.४९ करोड ३६ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २० करोड छ । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियम शीर्षकमा रू. १ अर्ब २६ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको महाविपत्तिकोषमा रू.१४ करोड २५ लाख छ । त्यस्तै कम्पनीको रिटेन्ड अर्निङमा रू. १ अर्ब २३ कराेड रहेको छ ।
त्यसैगरी, आव २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा रू. ५ अर्ब ६५ करोड थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २३ दशमलव १५ प्रतिशतले वृद्धि भएर रू.६ अर्ब ९६ करोड पुगेको छ ।
कम्पनीले चालू आवमा रू. २ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले रू. २ अर्ब ५१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ५७ छ भने प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ११ छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्