काठमाडौं। एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एलएसका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइजका कार्यकारी अध्यक्ष सुभाष अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एलएसले सनराइजलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)तर्फ लैजान आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने बताइएको छ ।
सनराइजको मुख्य उद्देश्य जलविद्युत्, यातायात, कृषि र पर्यटन जस्ता सरकारका प्राथमिक क्षेत्रमा रणनीतिक रूपमा लगानी गर्नु रहेको बताइएको छ । कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा क्यापिटलले मर्चेन्ट बैंकिङसम्बन्धी बृहत् सेवा प्रदान गर्दै आएको छ ।