काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्म २ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष आम्दानी घटेसँगै खुद नोक्सानीमा गएको हो ।
गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७० करोड ५६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । वित्तीय खर्च भने यो वर्ष घटेको छ । गत वर्ष २३ करोड ६ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १४ करोड ७८ लाख रुपैयाँभन्दा बढी यो खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जगेडा कोष रकम २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी कायम छ । वार्षिक प्रतिशेयर नोक्सानी ९ रुपैयाँ ६२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा छ ।