काठमाडौं । नेपाली बजारमा सोमवार (आज) सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । आज एकैदिन ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात् शुक्रवार सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ६८५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।