काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता ‘सूर्य नेपाल काठमाडौं ओपन’को पहिलो दिन इभन–पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन् । उनले रवि खड्का, भुवनकुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । रवि, भुवन र निरजले संयुक्त रूपमा दोस्रो स्थान बाँडेका छन् । त्यस्तै पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौं स्थान बाँडेका छन् ।
एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन् । एमेच्योरतर्फ निलकुमार थापा र भरत थापा मगर संयुक्त रूपमा तेस्रो स्थानमा छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ८२ हजार र ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्ने बताइएको छ ।