काठमाडौं । दुई इन्स्योरेन्स कम्पनी सहित एक हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । बलेफी हाइड्रोपावर,एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन ।
बलेफी हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न गत वर्ष २०८० चैत ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइएमी एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन मार्फतको रकमले बैंकको कर्जा चुक्ता गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू.१ अर्ब ८२ करोड ७९ लाख रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू.३ अर्ब ६५ करोड भन्दा बढी पुग्नेछ ।
प्रभु इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजी ५० दशलमव १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार १९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइएसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८३ लाख ५० हजार १३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पु¥याउन निर्देशन दिएसँगै यस कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल यस कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४४ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २७ करोड भन्दा बढी पुग्नेछ । यस आधारमा कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेको पुगेको छैन । कम्पनीले अपूग पूँजी बरावरको बोनस शेयर वितरण गर्ने देखिन्छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजी ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न जेठ २३ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । हाल कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ३९ करोड ९८ लाख रहेको छ । ४२ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू.४ अर्ब ८२ करोड ७७ लाख भन्दा बढी पुग्नेछ ।
यी तीनओटै कम्पनीले सेबोनबाट स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछन् ।