काठमाडौं। वाइवाइ चाउचाउले थोक विक्रेतालाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले ‘नेटा भी’ कार जितेका छन् ।
तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधवार ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेतालाई लक्षित गर्दै सञ्चालन गरिएको थोक विक्रेता उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टोन वाइवाइ चाउचाउ खरीद गर्दा थोक विक्रेतालाई पहेँलो कुपन र ५०० कार्टोन खरीद गर्दा हरियो कुपन प्रदान गरिएको थियो, जसबाट थोक विक्रेताले लक्की ड्रमा समावेश हुने अवसर प्राप्त गरेका थिए ।
लक्की ड्रमार्फत थोक विक्रेताले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वत धाम घुम्ने प्याकेज, स्मार्ट वाच जस्ता उपहारको घोषणा गरेको छ । यही योजनाअन्तर्गत काठमाडौंको केएबि स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्ज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् । त्यस्तै उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टिभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले शाश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।