काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यस अवधिको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४१ दशमलव ५१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड १२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ४४ दशमलव २९ प्रतिशत बढेको छ । गत वर्ष २ करोड ४४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ५३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस शेयरमार्फत कम्पनीले चुक्ता पूँजी बढाएको हो । जगेडा कोष रकम गत वर्ष १३ करोड ६७ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १३ करोड ६० लाख रुपैयाँभन्दा बढी कायम छ ।
कर्जा सापटी ११ प्रतिशतभन्दा बढी गरेको कम्पनीले ११ प्रतिशतभन्दा बढी नै कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने करीब १७ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने २ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निक्षेप संकलन भने ९७ करोड ९५ लाख रुपैयाँभन्दा बढी भएको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ९४ प्रतिशत रहेकोमा यस वर्ष घटेर ३ दशमलव ९० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ४४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ४१ पैसा छ ।