काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार ५६५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ ।
कम्पनीको केन्द्रीय कार्यालय, कोहलपुर, बाँकेमा आफूले खरीद गर्ने शेयर कित्ता र मूल्यसमेत खुलाई आवेदन पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।