मतपेटिका धमाधम गणनास्थलमा लाँदै, आजै मतगणना

Share News

काठमाडौं । मुलुकभर आइतवार प्रतिनिधि सभा र  प्रदेश सभाको निर्वाचन केही स्थानमा भएका छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सकिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्धारित साँझ  ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका मतदाताले बेलुका अवेरसम्म मत हालेका छन्।
कतिपय स्थानमा भने केही समय अवरोध भएकाले अहिले पनि मतदान भइरहेको छ ।

 आइतवार साँझ ५ बजे मतदान सकिएका स्थानको मतपेटिका राखिएको बाकसहरु मतदानस्थलबाट गणनास्थलमा लैजान शुरु गरिएको छ । यो वर्ष काठमाडौं जिल्लाका विभिन्न क्षेत्रको मतगणना १० ओटा अलग - अलग स्थानमा गर्ने तयारी छ ।

मतदान सकिएका ठाउँबाट भने अहिले मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन आयोगले आइतवार राती नै सर्वदलीय बैठक गरेर मतगणना शुरू गर्ने जानकारी दिएको छ  ।

यो पनि हेर्नुहोस् :

काठमाडौंमा ५५ % मत खस्यो, यी स्थानमा हुँदैछ मतगणना

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।