काठमाडौं । कृषि विकास बैंक लि.ले ‘ग्लोबल मनी विक’ को अवसरमा बिद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन गरेको छ ।
बिश्व बैंकको आव्हानमा यसवर्ष मार्च १८ देखि २४ सम्मलाई "प्रोटेक्ट योर मनी, प्रोटेक्ट योर फ्यूचर' भन्ने नारा सहित ‘ग्लोबल मनी विक’ मनाइदै छ ।
यसै सन्दर्भमा बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । बैंकले गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो ।
बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेको उपस्थितिमा बैंक, विद्युतिय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा न्यौपानेले बचतको महत्त्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंग कारोवार गर्दा अपनाउन पर्ने साबधानी जस्ता विषयमा जानकारी गराएको बैंकले जनाएको छ ।
साथै उपमहाप्रबन्धक न्यौपानेले आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।