काठमाडौं। लुम्बिनी विकास बैंकले आफ्ना शाखा कार्यालयमार्फत ‘ग्लोबल मनी विक २०२४’ लक्षित कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत करीब एक हजार विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ कार्यक्रम गरेको बताइएको छ । कार्यक्रममा बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङ लगायतका विषयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो । उक्त अवसरमा बैंकका शाखा कार्यालयमार्फत् वित्तीय जानकारीमूलक प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रम समेत आयोजना गरिएको थियो ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल