काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रवार पनि नयाँ किर्तिमानी बनाएको छ । आज एकैदिन सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।