काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबारमा आएका ३१३ धितोपत्रमध्ये पोखरा फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ५६५ दशमलव ४० पुगेको छ ।
कम्पनीको पछिल्लो वित्तीय अवस्था हेर्ने हो भने तेस्रो त्रैमाससम्ममा रू. १७ करोड २३ लाख नोक्सानीमा रहेको छ । यस्तो वित्तिय अवस्था कमजोर भएको कम्पनीको शेयर मूल्यमा भने लगानीकर्ताको आकर्षण बढि देखिएको छ ।
यसरी घाटामा रहेको कम्पनीको शेयर मूल्य अस्वभाविक बढ्नु जोखिम पूर्ण हुने जानकारहरु बताउँछन् । पछिल्लो समय एउटा समूहनै बनाएर कम पूँजी भएका कम्पनीको शेयर मूल्य बढाउने गरेको एक लगानीकर्ता बताउँछन् । योजनाबद्ध रुपमै लागी परेको उनको भनाई ।
पोखरा फाइनान्सको कुल सूचीकृत शेयर १ करोड ८ लाख २५ हजार ५६७ कित्ता शेयर रहेको छ । जसमध्ये सर्वसाधारणको ४३ लाख ३० हजार २२७ कित्ता रहेको छ । पोखरा फाइनान्ससँगै जति पनि कम पूँजी भएका कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढेको देखिएको छ ।
यस्तो अवस्थामा नयाँ लगानीकर्ताहरु फस्ने डर हुन्छ । सोही कारण पनि लगानीकर्ताले पनि लगानी गर्नु पूर्व कम्पनीको समग्र अवस्था केलाउन जरुरी हुन्छ । यसरी समूहनै लागेर शेयर मूल्य अस्वभाविक चलखेल गर्नेलाई नियामक निकायले कारबाही गर्नुपर्ने लगानीकर्ताको माग रहेको छ ।