काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा संघीय सरकारबाट ७ ओटा प्रदेशले ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
अर्थमन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी अनुदान कर्णालीले पाउने भएको छ । कर्णाली प्रदेशका लागि १६ अर्ब ४ करोड ७ लाख रुपैयाँ अनुदान छुट्याइएको छ ।
सर्वाधिक अनुदान पाउने प्रदेशको सूचीमा दोस्रो कोशी प्रदेश छ । उक्त प्रदेशका लागि आगामी आवमा १४ अर्ब ५० करोड ३३ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ ।
यो सूचीमा तेस्रोबाट सातौं स्थानमा क्रमशः सुदूरपश्चिम, लुम्बिनी, बागमती, मधेश र गण्डकी प्रदेश छन् ।
आगामी आवमा सुदूरपश्चिमका लागि १४ अर्ब २० करोड, लुम्बिनीका लागि १४ अर्ब १ करोड, बागमतीका लागि १३ अर्ब ८१ करोड, मधेशका लागि १२ अर्ब ७३ करोड र गण्डकीका लागि १२ अर्ब २३ करोड रुपैयाँ छुट्याइएको छ ।