काठमाडौं । राष्ट्रिय स्तारका आठ विकास बैंकहरुले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार यी बैंकहरुले चालू आवको तेस्रो त्रैमाससम्ममा अर्थात ९ महीनामा कुल ३ अर्ब ५३ करोड नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने २ प्रतिशत घटेको हो । गत आवको तेस्रो त्रैमाससम्ममा यी बैंकहरुले कुल रू.३ अर्ब ६१ करोड नाफा कमाएका थिए ।
यी आठ बैंकमध्ये दुई बैंकको नाफा गत आवको तुलनामा चालू आवमा बढेको त भने बाँकी सबै बैंकको नाफा घटेको हो । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकको नाफा बढेको हो । सबै भन्दा बढी नाफा कमाउने बैंक मुक्तिनाथ विकास बैंक भएको छ । यस बैंकले चालू आवको ९ महीना अर्थात तेस्रो त्रैमाससम्ममा रू. ८७ करोड १८ लाख नाफा कमाएको छ । त्यस्तै दोस्रोमा गरिमा विकास बैंकले रू. ६८ करोड ३४ लाख नाफा कमाएको हो ।
स्रोत : बैंकहरुले प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण
त्यस्तै नाफा घटेका बैंकमध्ये सबैभन्दा बढी ज्योति विकास बैंकको नाफा गत आवको तुलनामा चालू आवमा २६ दशमलव ९१ प्रतिशत घटेको छ । बैंकले गत आवमा ४६ करोड ८१ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३४ करोड २१ लाख नाफा कमाएको हो । यी आठ बैंकमध्ये तेस्रो त्रैमासमा कम नाफा ज्योति विकास बैंकले रू. १५ करोड २४ लाख कमाएको छ ।