काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा संघीय सरकारबाट स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
अर्थमन्त्रालयका अनुसार महानगरपालिकाका लागि ११ अर्ब ७४ करोड, उपमहानगरपालिकाका लागि ११ अर्ब ३८ करोड, नगरपालिकाका लागि १ खर्ब ४३ अर्ब र गाउँपालिकाका लागि १ खर्ब ५४ अर्ब रुपैयाँ अनुदान विनियोजन गरिएको छ ।
महानगरपालिकामध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका लागि अनुदान छुट्याइएको छ । उक्त महानगरपालिकालाई ३ अर्ब ६४ करोड रुपैयाँ अनुदान विनियोजन गरिएको छ । यस्तै, काठमाडौंको काठमाडौं महानगरपालिकालाई २ अर्ब ३४ करोड, चितवनको भरतपुरलाई २ अर्ब, पर्साको वीरगन्जलाई १ अर्ब ३७ करोड, ललितपुरको ललितपुरलाई १ अर्ब २० करोड र मोरङको विराटनगरलाई १ अर्ब १७ करोड रुपैयाँ अनुदान दिइने भएको छ ।
अन्य स्थानीय तहले कति पाउँदैछन् ?