काठमाडौं। डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेदेखि शुरू भएको यो अफर दुई महीनासम्म रहने बताइएको छ । यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाउने बताइएको छ ।
मनिग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा १०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।