काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ६५५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।