काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुलअ फण्ड २ ले वैशाख मसान्तसम्म ८ करोड ३१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । यो महीना योजनाको नाफा ६२ लाख ७ हजार रुपैयाँले बढेको हो । चैत मसान्तसम्म योजनाको नाफा ७ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको थियो । वैशाखमा योजनाको आम्दानी ९ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन चैत मसान्तसम्म ९ करोड २ लाख रुपैयाँभन्दा बढी थियो । आम्दानी बढेसँगै योजनाको नाफामा सकारात्मक प्रभाव परेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना २०८० लाख जेठ ८ गतेदेखि सञ्चालनमा रहेको छ । योजनाले ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई जारी गरेको थियो ।
वैशाख मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २० पैसा छ । चैत मसान्तसम्म योजनाको यो मूल्य ११ रुपैयाँ २३ पैसा थियो । पछिल्लो महिना योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य घटेको हो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशााख मसान्तसम्म धितोपत्र गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसनसहित ७४ करोड ७७ लाख रुपैयाँभन्दा बढी छ । बैंक मुद्दती निक्षेपमा ७ करोड रुपैयाँ लगानी गरेको योजनाको कुल लगानीको बजारमूल्य भने ८७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कायम छ ।