काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले सक्षम घिमिरेको नाममा रहेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको नाममा रहेको ३३ हजार ६२१ कित्ता शेयर विक्रीमा ल्याएको हो ।
प्रतिकित्ता २८० कित्ता शेयर मूल्य तोकिएको यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।
यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा समेत विक्री खुला गरिएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।