काठमाडौं । अन्नपूर्ण केबल कार लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । गत चैत ३१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले ४९ लाख ६० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र हकप्रद शेयर वापत्को रकम कम्पनीको राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र लक्ष्मी सन्राइज बैंकमा रहेको खातामा जम्मा गरी सोको भर्पाई कम्पनीको रजिष्टर्ड कार्यालय पोखरामा पेश गर्नुपर्नेछ ।