logo
माउन्टेन इनर्जीले तेस्रो त्रैमाससम्म कमायो साढे ४६ करोडभन्दा बढी नाफा
माउन्टेन इनर्जीले तेस्रो त्रैमाससम्म कमायो साढे ४६ करोडभन्दा बढी नाफा
२६ बैशाख २०८२

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष कम्पनीले आर्जन गरेको खुद नाफा १५ करोड ५९ लाख रुपैयाँभन्दा बढी हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३० करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ९२ करोड २७ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म यो आम्दानी ८७ करोड १ लाख रुपैयाँभन्दा बढी थियो ।

गत वर्ष तेस्रो त्रैमाससम्म २० करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको वित्तीय खर्च यस वर्ष घटेर १८ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपेयाँ छ भने रिटेन्ड अर्निङ १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म दीर्घकालीन कर्जा २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ४० करोड ४४ लाख रुपैयाँभन्दा बढी छ ।

तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १४५ रुपैयाँ ८७ पैसा छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.