काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाका अवसरमा नेपालमा उत्पादित कपडाको फेशन शो आयोजना गरिएको छ । उक्त फेशन शोमा अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलगायत र्याम्पमा उत्रिएका थिए ।
महिला उद्यमी महासंघको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रवार (आज)बाट मेला शुरु भएको हो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा नेपालीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमी सहभागी छन् ।