काठमाडौं । नेपालमा केही समयअघि भित्रिएको पिकअप ट्रक ‘टुनल्याण्ड जि७’ ले २३ दिनभित्रै नेपालका आठओटा सबैभन्दा अग्ला र कठिन अफ–रोड स्थानमा पुगेर विश्व कीर्तिमान बनाएको दाबी गरिएको छ ।
यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको प्रमाणित गरेको कम्पनीको भनाइ छ ।
उक्त यात्रा दार्चुलाको हिकिलामा (१ हजार ९६७ मिटर), पर्वतको फलामे (२ हजार ३२५ मिटर), इलामको सन्दकपुर (३ हजार ६३६ मिटर), कर्णालीको जुम्ला (२ हजार ५१४ मिटर), मनाङको खाङसार (३ हजार ७५६ मिटर), ढोरपाटन (३ हजार ९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४ हजार ६६० मिटर) र संखुवासभाको गुफापोखरी (२ हजार ८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रमा गरिएको थियो ।
२३ दिनको यो यात्रा टुनल्याण्ड जि७ को एकवर्षे परीक्षणको हिस्सा भएको र जसले यसको शक्ति, टिकाउपन र ऊर्जा दक्षता प्रमाणित गरेको कम्पनीको दाबी छ ।