काठमाडौं । लेखक तथा अनुसन्धानकर्ता महेशशम्शेर राणाद्वारा लिखित चौथो कृति ‘जंग बहादुरको सेतो बाघ (तन्त्र पुस्तक चित्र)’ गत शनिवार विमोचन गरिएको छ । यो ऐतिहासिक पुस्तकले जाःमन गुबाजुदेखि जंग बहादुर राणासम्मको पाँच सय वर्ष लामो तान्त्रिक परम्परालाई उजागर गर्दै तत्कालीन शक्तिशाली पात्रहरूद्वारा अभ्यास गरिएका तान्त्रिक विधिहरूको गहिरो अध्ययन प्रस्तुत गरेको बताइएको छ । पुस्तकका अनुसार काठमाडौं उपत्यका तान्त्रिक राजधानी हो । करीब ४० वर्ष लगाएर तयार पारिएको यस कृतिमा समावेश १०० भन्दा बढी दुर्लभ चित्रहरूलाई पुनः सम्पादन गरी प्रस्तुत गरिएको छ, जसले तन्त्र परम्पराको ऐतिहासिक पाटो दर्शाएको छ । नेपालको प्राचीन इतिहास, अध्यात्म र शक्ति–संस्कृतिको सम्मिश्रण प्रस्तुत गरेको यो कृति नेपाली तान्त्रिक परम्परामा रुचि राख्ने पाठकका लागि महŒवपूर्ण दस्तावेज सावित हुने उल्लेख गरिएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.