काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेड ३४ लाख १७ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्षको यस अवधिसम्म ३ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष उल्लेख्य मात्रामा खुद नोक्सानी घटाएको हो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी बढेसँगै खुद नोक्सानीमा कमी आएको हो । गत वर्ष २ करोड ३४ लाख रुपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ५ करोड ६ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च गत वर्ष ४ करोड ८ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ९ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने ७ करोड ७५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
दीर्घकालीन कर्जा गत वर्ष ३४ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढी छ । अल्पकालीन कर्जा भने गत वर्ष ३ करोड ६८ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ४ करोड रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६४ रुपैयाँ ७३ पैसा छ ।