काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकका लगानीकर्ता र व्यवसायी फरक हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको अर्थ समितिमा उनले भने, ‘बैंकमा लगानी गर्नेहरू र व्यवसायी अरु देशमा फरक छन् भने हाम्रो देशमा फरक हुनुपर्छ कि पर्दैन ? स्पष्ट हुनुपर्छ ।’
बाफिया ऐेन संशोधन विधेयकमा बैंकबाट कसले कर्जा लिन पाउने र नपाउने सम्बन्धी विषय स्पष्ट पार्ने प्रयास भइरहेको बताए । साथै उनले बैंकमा लगानी गर्नेहरूले कर्जा लिन पाउने कि नपाउने, कति पाउने भन्ने विषयमा स्पष्टता ल्याउने प्रयास भइरहेको बताए ।
उनका अनुसार हाल नेपालमा कुल १९ लाख ४० हजार ऋणीमध्ये ०.१ प्रतिशत ऋणीले ३.९ प्रतिशत कर्जा लिएका छन् ।