काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी रहेको कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते अनुमति पाएको हो ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।