विराटनगर–छ दिन पछि मेची पारी भारतीय नाका पानीटंकीमा रोकीएका नेपाली चिया बोकेका २२ वटा ट्रकलाई मंगलबार राती भारतीय भन्सार कार्यालयले पश्चिमबंगाल प्रवेश दिएको छ । यी ट्रकले दुई हजार २ सय टन नेपाली तयारी चिया बोकेका थिए ।
भारतीय भन्सार कार्यालय पानीटंकीले बिहिबार नेपाली ट्रकहरुलाई नाकामा रोकी सत प्रतिशत ल्याब परिक्षण गरि गुणस्तर युक्त भएको सर्टिफिकेट ल्याउन भनेपछि झण्डै एक साता ट्रक पानीटंकीमा रोकीएका थिए । यस अघि तीन तीन महिनामा ५ देखी २५ प्रतिशत मात्र चियाको नमुना परिक्षण गरि छाड्ने गरेकोमा अग्रिम जानकारी बिनानै पानीटंकी भन्सारले नयाँ प्रावधान लागु भएको भन्दै चियाको जाँचपास गर्न मानेको थिएन ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले लगायतको टोलीले प्रधानमन्त्र पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरि चिया निकासीका समस्या र त्यसको दीर्घकालिन समाधानका लागि पहल गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीको पहल र भन्सार विभागका साथै पराष्ट्र समेतको पत्राचारका कारण बिना कुनै कारण मंगलबार राती ९:३० बजे भन्सार एजेन्टलाई बोलाएर भारतीय भन्सार कार्यालय पानीटंकीले चिया बोकेका ट्रक छाडिदिएको छ ।
यो पनि पढ्नुहोस्
मेचीपारि भारतीय भन्सारमा रोकियो २ हजार टन चिया
शतप्रतिशत प्रयोगशाला परिक्षणको प्रावधान राख्दै भारतले रोक्यो नेपाली चिया, १७ ट्रक नाकामा अलपत्र
नेपाली चियामा चिनियाँ चासो : चीन नेपाली चियाको नयाँ गन्तव्य हुन सक्ला ?
पानीटंकी भन्सारबाट चिया बोकेका २२ गाडी माल छुटेको पुष्टी मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले समेत गरे । उनले भने‘मैले पानीटंकी भन्सारसंग अनौपचारिक रुपमा बुझ्दा माथिबाट आएको मौखिक आदेशको भरमा नेपाली चियालाई छाडिएको जानकारी दिए ।’ अब निकासी सुचारु भएको होकी यो लटका लागि मात्रै छाडिएको भन्ने प्रष्ट नभएको उनले बताए ।
नेपालबाट निकासी हुने बस्तुहरुमा दोश्रो नम्बार चिया पर्छ । बार्षिक तीन अर्बको तयारी चिया निर्यात हुदै आएकोमा चालु आर्थिक बर्षको नौं महिनामा भने चियाको निकासी घटेको छ । भारतीय अवरोध, बजारमा चियाको मूल्य घट्नु र नेपाली चियाको अक्सन नहुनुले पनि नेपाली चियाको बजार घट्दै गएको व्यवसायीहरु बताउछन ।
चालु आवको ९ महिनामा रु २ अर्ब १८ करोड ८९ लाख २२ हजार बराबरको ९८ लाख तीन हजार ११ किलो चिया निकासी भएकोमा गत आव २०७९/२०८० को नौं महिनामा दूई अर्ब ६६ करोड ५४ लाख १८ हजार मूल्य बराबरको १ करोड ३३ लाख ११ हजार ३ सय ४८ किलोग्राम चिया निकासी भएको तथ्यांक छ । तथ्यांक हेर्दा चियाको निकासी गत बर्षको तुलनामा यो बर्ष ४७ करोड ६७ लाख ९६ हजार मूल्य बराबरको ३५ लाख ८ हजार ३ सय ३७ किलोग्राम चियाको निकासी घटेको हो ।