काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा कर बढाउन सक्ने आशंकामा जेठ १५ गते बजेट आउनुअघि नै विद्युतीय गाडी भित्र्याउने होड चलेको छ ।
विद्युतीय सवारीसाधन (ईभी)को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् ।
आयातकर्ताले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाकाबाट ठूलो संख्यामा त्यस्ता गाडी भित्र्याइरहेका छन् । व्यवसायीहरू भन्सार बढ्ने हल्ला र चीनमा ईभीको मूल्य घटेपछि फाइदा लिन तीव्र रूपमा गाडी भित्र्याइरहेका छन्।
सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउन सक्ने भयले आर्यातकर्ताले ठूलो संख्यामा करोडौं पर्ने विभिन्न ब्रान्डका गाडी यी नाकाबाट भित्र्याइरहेको भन्सार अधिकारीहरूले बताएका छन् ।
चोभार सुक्खा बन्दरगाहमा मात्रै ९०० युनिटभन्दा बढी विद्युतीय सवारी साधन थन्किएको छ भने रसुवा र तातोपानी नाकामा थप १ हजारभन्दा बढी गाडी राखिएको छ ।
हेर्नुस् तस्वीरहरू