बाँकेमा उद्योग थपिने क्रम बढेसँगै दक्ष कामदार अभाव भएको छ । नयाँ उद्योग खुल्ने क्रम बढे पनि दक्ष कामदारको समस्या भएको व्यवसायीले बताए । भारतीय मजदूरका भरमा चलेका अधिकांश उद्योग उनीहरू नआए बन्द हुने अवस्था छ ।
गनापुरस्थित जय मङ्गलम् सिमेण्टका सञ्चालक सञ्जय अग्रवाल पुराना उद्योगले नै दक्ष कामदार अभाव खेपिरहेको अवस्थामा नयाँ खुल्ने उद्योगलाई झन् समस्या भएको बताउँछन् । मजदूर अभावमा सिमेण्ट उत्पादन घटेको उनले बताए । ‘अधिकांश प्राविधिक मजदूर भारतीय हुने भएकाले उनीहरू घर जाँदा र बिरामी हुँदा ठूलो समस्या पर्छ,’ उनले भने । अग्रवालको जस्तै अनुभव छ, खुजुरारोडस्थित एसएम प्लाई ऊड इण्डष्ट्रिजका सञ्चालक सिकन्दर हलवाईको पनि । उनले भने, ‘दक्ष र प्राविधिक मजदूर नै पाइँदैनन्, त्यसैले भारतबाट कामदार नल्याई उद्योग नै चल्दैन ।’
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९