logo
एकै पटक पाँच कम्पनीको शेयर विक्री गर्दै एनआईसी एशिया बैंक
एकै पटक पाँच कम्पनीको शेयर विक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ५ ओटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको छ ।  

बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता शेयर प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता शेयर प्रतिकित्ता २६९ रुपैयाँ, सूर्यज्योति लाइफको ५० हजार कित्ता शेयर प्रतिकित्ता १५९ रुपैयाँ, नेपाल इन्फ्रान्सट्रक्चर बैंकको १० लाख कित्ता शेयर प्रतिकित्ता १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता शेयर प्रतिकित्ता ५४० रुपैयाँ न्यूनतम मूल्य तोकेर विक्रीमा ल्याएको हो । 

सिटिजन ट्रष्टको शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् भने अन्य कम्पनीको शेयर सबैले खरीद गर्न सक्नेछन् । 

साथै शेयर खरीदका लागि आवेदन दिँदा सिटिजन ट्रष्टको लागि घटीमा १० हजार कित्ता र अन्य सबै कम्पनीको ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक खरीदकर्ताले आज (चैत ३ गते)देखि चैत १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन फाराम काठमाडौंको थापाथलीस्थित विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, बुटवल, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.