काठमाडौं। एमएडब्ल्यू हायर पर्चेज प्रालि (एमएचपीएल)ले ‘एमएचपीएल एप’ ल्याएको छ । लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल–टाइम सेटलमेन्ट, नोटिफिकेसनका साथै अन्य धेरै सुविधासहित यो एप ल्याएको बताइएको छ ।
ग्राहकका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रूपमा गर्नका लागि यो सुविधाजनक विकल्प भएको बताइएको छ । यसबाट कर्जाको अवस्था जान्न ग्राहकले भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यता हट्ने कम्पनीको भनाइ छ ।
एपको एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु अग्रवाल र एमएचपीएलका महाप्रबन्धक प्राणनाथ भट्टराईले एपको शुरुआत गरेका हुन् । कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकलाई १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरी सेवा प्रवाह गर्दै आएको बताइएको छ । एमएचपीएलले दुईपांग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने अटोमोबाइल, सेकेण्ड ह्याण्ड कार, व्यापारिक सवारी साधन, भारी र कृषि उपकरणलाई कर्जा प्रवाह गर्दै आएको बताइएको छ । कम्पनीले स्वरोजगार सृजना गर्न विभिन्न उद्यमीलाई कर्जा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिँदै आएको छ ।