logo
एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने
एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

कठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलवार दुई म्युचुअल फण्डको इकाई सूचीकृत भएको छ । नेप्सेमा एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’ सूचीकृत भएको हो । 

एनआईबिएल एस क्यापिटलको अंकित मूल्य प्रतिइकाई रू. १० का कुल १३ करोड २० लाख इकाई र सानिमा क्यापिटलको अंकित मूल्य रू. १० का कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाई सूचीकृत भएको हो ।

एनआईबिएल ग्रोथ फण्ड ‘एनआइबिएलजीएफ’ र सानिमा ग्रोथ फण्ड ‘एसएजीएफ’ सिम्बोलबाट सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड बुधवार (भोलि)देखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.