काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३२ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सिटि स्क्वायर पोखरा, कास्कीमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फको ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने भएको छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । सभा प्रयोजनका लागि असार २४ गते एक दिन बुक क्लोज गर्न लागेकाले असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।