काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई असार १० गते शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ ।
सोही रकम बराबरको ४६ लाख ५७ हजार २४३ कित्ता हकप्रद शेयर निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।