काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो । यो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा दोस्रो चरणमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
पहिलो चरणमा यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।